टिभीको बहस कार्यक्रममा कार्यकर्ताहरूबीच विवाद हुँदा प्रधानाध्यापक घाइते
रूपन्देही | कात्तिक १८, २०७९
घाइतेको उपचार हुदैं
रूपन्देही : रूपन्देहीको सम्मरीमाई-५ रोइनिहवामा भएको चुनावलक्षित टेलिभिजन बहस कार्यक्रममा फरकफरक दलका कार्यकर्ताहरूबीच विवाद हुँदा एक जना घाइते भएका छन्।
निर्वाचनलाई लक्षित गरी सञ्चालित एक टिभी च्यानलको बहस कार्यक्रममा उपस्थित दलका कार्यकर्ताहरूबीच कार्यक्रम स्थलमै कुटाकुट भएको हो। बहसमा सहभागी उम्मेदवारले कार्यक्रम प्रस्तोता र सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा सहभागीहरूले एक्कासि होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो।
रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभा सदस्यका चार जना उम्मेदवारसँग गरिएको उक्त बहसमा होहल्ला भएपछि कुर्सी हानाहान र ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट कार्यक्रममा सहभागी स्थानीय लालविहारी माविका प्रधानाध्यापक मुरलीधर शुक्ला घाइते भएका हुन्।
स्थानीय सन्दीप त्रिपाठीका अनुसार शुक्लाको ओठमा चोट लागेको छ। भैरहवास्थित भिम अस्पतालमा उनको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पनि बहस चलिरहेको बखत सहभागीहरूबीच केहीबेर विवाद र कुर्सी हानाहान हुँदा एक जना सामान्य घाइते भएको पुष्टि गरे।
विवादपछि केहीबेर स्थगित भएको कार्यक्रम पछि पुनः सुरू भएको समेत उनले जानकारी दिए।
बहसमा सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका प्रमोद यादव, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सर्वेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादव गुल्जारी सहभागी थिए।
सेतोपाटीबाट
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

